दक्षिण कोरियामा हुने एपीईसी सम्मेलनमा ट्रम्प र सीबीच भेट हुने

User Image Prime TV News १० महिना अगाडि
Image of दक्षिण कोरियामा हुने एपीईसी सम्मेलनमा ट्रम्प र सीबीच भेट हुने

काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियामा हुने एशियाप्रशान्त आर्थिक सहयोग शिखर सम्मेलनका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग अलग वार्ता हुने बताएका छन्।

फक्स न्यूजको कार्यक्रमसन्डे मर्निङ फ्युचर्ससँगको अन्तर्वार्तामा ट्रम्पले भने, “हामी केही हप्तामा भेट्नेछौँ। दक्षिण कोरियामा राष्ट्रपति सी र अन्य नेताहरूसँग पनि भेट्ने कार्यक्रम तय भएको छ।उनले थपे, “राष्ट्रपति सीसँग हाम्रो छुट्टै बैठक हुनेछ।

एपीईसी शिखर सम्मेलन आगामी अक्टोबर ३१ देखि नोभेम्बर १ सम्म दक्षिण कोरियाको ग्योङजुमा हुँदैछ। विश्वका प्रमुख अर्थतन्त्रका नेताहरू सहभागी हुने यो सम्मेलनलाई अमेरिकचीन सम्बन्ध सुधारका लागि महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

गत केही महिनायता चीन र अमेरिकाबीच व्यापार युद्ध तीव्र बन्दै गएको छ। दुर्लभ खनिजमा चीनले लगाएको निर्यात प्रतिबन्धकोअसाधारण आक्रामकजवाफमा ट्रम्पले करवृद्धिको चेतावनी दिएका थिए।

यद्यपि पछिल्लो सामाजिक सञ्जाल पोस्टमा उनले भनेका छन्, “अमेरिका चीनलाई मद्दत गर्न चाहन्छ, उसलाई चोट पुर्याउन चाहन्न।