नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आज पनि जारी

User Image Prime TV News एक महिना अगाडि
Image of नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आज पनि जारी

काठमाडौ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ। गत असोज २८ गतेदेखि निरन्तर जारी बैठक आज दिउँसो १ बजे पुनः सुरु हुने भएको हो।

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार बैठकमा पार्टीका १० वटा प्रस्तावमाथि केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी छ । उनले बैठकले पार्टीको हालको राजनीतिक भूमिका, संगठनात्मक स्थिति र आगामी रणनीतिबारे ठोस निष्कर्षमा पुग्ने अपेक्षा गरिएको बताए।

बैठकमा हालसम्म जेनजी आन्दोलनपछिको राजनीतिक अवस्था, संसद् विघटन, आगामी प्रतिनिधिसभा निर्वाचन, भ्रातृ सङ्गठनहरूको सुदृढीकरण र पार्टीको महाधिवेशन तयारीजस्ता विषयमा विस्तृत छलफल भइरहेको छ।

शुक्रबार सम्पन्न बैठकमा केन्द्रीय, आमन्त्रित र प्रदेश प्रतिनिधिहरू गरी २५ जनाले आफ्नो धारणा राखेका थिए। आजको बैठकमा थप नेताहरूले वक्तव्य राख्ने तयारी गरेका छन्।