रास्वपाको सचिवालय विस्तार

User Image Prime TV News १० महिना अगाडि
Image of रास्वपाको सचिवालय विस्तार

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो संगठनात्मक संरचना थप सुदृढ गर्दै सचिवालय विस्तार गरेको छ। सभापति रवि लामिछानेले पार्टी विधानको धारा २६ को व्यवस्था अनुसार चार जना नयाँ सदस्य सचिवालयमा मनोनीत गरेका हुन्।

शनिबार बसेको पार्टीको केन्द्रीय समितिको भर्चुअल बैठकमा सभापतिको निर्णय प्रस्तुत गरिएको थियो। नयाँ मनोनीत सदस्यहरूमा सोबिता गौतम, गणेश पराजुली, शिशिर खनाल र हरि ढकाल छन्।

यसअघि सचिवालयमा १० सदस्य मात्रै रहेका थिए, नयाँ चार जना थपिएसँगै अब सचिवालय १४ सदस्यीय बनेको छ। पार्टी विधानले अधिकतम २५ सदस्यसम्मको सचिवालय गठन गर्न सभापतिलाई अधिकार दिएको छ।

सभापति लामिछानेको निकट सूत्रका अनुसार अब सचिवालयले प्रदेश र स्थानीय तहमा पार्टीको नीतिगत गतिविधि, सरकार र जनताबीचको सम्बन्ध सुदृढ गर्ने योजनामा काम गर्नेछ।