काग तिहार आज: यमराजका दूत कागलाई पूजा गर्दै तिहार पर्वको सुरुवात
Prime TV News २ महिना अगाडि 
काठमाडौ । नेपालीहरूले आज कार्तिक कृष्ण त्रयोदशीका दिन कागतिहार मनाउँदै छन्। पाँच दिने तिहार पर्वको यो पहिलो दिन यमपञ्चकको आरम्भ हो ।
आज यमराजका दूतका रूपमा कागलाई पूजा गरी मीठा परिकार अर्पण गरिन्छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार शास्त्रसम्मत रूपमा सूर्योदयको समयमा त्रयोदशी पर्ने आज आइतबार नै काग तिहार मनाउन उपयुक्त रहेको छ।
पुराणमा उल्लेख अनुसार, यमराजलेलोककासमाचारकागमार्फत्प्राप्तगर्ने भएकाले कागलाई यमदूतका रूपमा मानिन्छ।
आजका दिन कागले यमराजकहाँ शुभ समाचार पुर्याओस् भन्ने कामनासहित घर घरमा कागलाई दह, भात, चिउरा, मिठाइ र अन्य परिकार खुवाउने चलन रहिआएको छ।
लोकविश्वासअनुसार, घर वरिपरि काग कराएमा शुभ संकेत मानिन्छ। त्यसैले आज बिहानदेखि देशभरका परिवारहरूले आँगन र छतमा परिकार राखी कागलाई अर्पण गर्दै तिहारको सुरुवात गरेका छन्।
यस अवसरमा कागेश्वरीमनोहरानगरपालिका–१स्थितकागेश्वरीमहादेवमन्दिरमा विशेष पूजाआराधना हुँदैछ।












