सत्ताच्युतपछि ओली आज पहिलोपटक पत्रकारसँग भेट्दै
Prime TV News १० महिना अगाडि 
काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज सत्ताच्युत भएपछि पहिलोपटक पत्रकारहरूसँग प्रत्यक्ष भेट्दैछन्।
जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितिपछि ओलीको यो पहिलो सार्वजनिक उपस्थितिलाई राजनीतिक रूपमा महत्वपूर्ण रूपमा हेरिएको छ।
पत्रकार भेटघाट कार्यक्रम आज दिउँसो १ बजे आयोजना गरिएको छ। ओलीले पत्रकार भेटघाटमार्फत जेनजी आन्दोलनपश्चात् देशको राजनीतिक स्थिरता, पार्टीको आगामी रणनीति र आन्तरिक एकताबारे विस्तृत धारणा सार्वजनिक गर्ने तयारी गरेका छन् ।







