संगिता कौशल मिश्राविरुद्ध १४ करोडको भ्रष्टाचार मुद्दा

User Image Prime TV News १० महिना अगाडि
Image of संगिता कौशल मिश्राविरुद्ध १४ करोडको भ्रष्टाचार मुद्दा

काठमाडौ । स्वास्थ्य मन्त्रालयकी अतिरिक्त सचिव संगिता कौशल मिश्राविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

स्वास्थ्य सेवा विभागको महानिर्देशक पदमा कार्यरत रहँदा सार्वजनिक स्वास्थ्य उपकरण खरिदमा अनियमितता गरेको ठहर गर्दै अख्तियारले मिश्रासहित १५ जनाविरुद्ध १४ करोड रुपैयाँभन्दा बढी बिगो दाबी गर्दै मुद्दा अघि बढाएको हो।

अख्तियारका अनुसार, उपकरण खरिद प्रक्रियामा नियमविपरीत निर्णय लिई राज्यलाई आर्थिक हानि पुर्‍याइएको र व्यक्तिगत लाभका लागि सार्वजनिक पदको दुरुपयोग गरिएको प्रमाण भेटिएको छ।

केही साताअघि मिश्राको नाम भावी स्वास्थ्य मन्त्रीको रूपमा सार्वजनिक बहसमा आएको थियो। त्यसको केही समयमै अख्तियारले दायर गरेको यो मुद्दाले उनको प्रशासनिक तथा राजनीतिक भविष्यमा गम्भीर असर पार्ने देखिन्छ।

मिश्रासहित विभागीय कर्मचारी, प्राविधिक र निजी क्षेत्रका व्यक्तिहरू समेत संलग्न रहेको आरोपमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ। यस प्रकरणमा संलग्न अन्य व्यक्तिहरूको नाम सार्वजनिक गरिए पनि हालसम्म उनीहरूविरुद्ध थप अनुसन्धान जारी रहेको बुझिएको छ।

अख्तियारले यो मुद्दालाई विशेष अदालतमा दर्ता गरिसकेको छ ।