कार्की नेतृत्वको छानबिन समितिमा बयान नदिने ओलीको घोषणा
Prime TV News १० महिना अगाडि 
काठमाडौ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले गठन गरेको छानबिन समितिमा बयान दिन अस्वीकार गरेका छन्। गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित समितिले बोलाउँदा पनि आफू उपस्थित नहुने स्पष्ट पार्दै ओलीले सो समितिको विश्वसनीयता र औचित्यमाथि प्रश्न उठाएका छन्।
सञ्चारमाध्यमका सम्पादकहरूसँगको अन्तरक्रियामा बोल्दै ओलीले भने, "कसैले बोलाउँदैमा म लुरुलुरु बयान दिन जाने भन्ने हुँदैन। यो त लोकतन्त्र विरोधी व्यवहार हो।"
ओलीले आफू सधैं लोकतान्त्रिक मूल्य र मान्यतामा विश्वास गर्ने व्यक्ति भएको र लोकतन्त्रको रक्षाका लागि आफू निरन्तर लागिरहने पनि बताए। उनले छानबिन समितिको गठन प्रक्रिया नै पूर्वाग्रही रहेको आरोप लगाउँदै, यसको प्रयोग बदनियतपूर्ण रूपमा गरिएको दाबी गरे।
सरकारले पछिल्ला केही विवादास्पद घटनाक्रमका सन्दर्भमा छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेको छ, जसमा कार्की नेतृत्वको टोलीले जिम्मेवारी सम्हालिरहेको छ।







