सुनको मूल्यमा सामान्य वृद्धि
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि देखिएको छ भने चाँदीको मूल्य स्थिर जस्तै देखिन्छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सोमबार सुन प्रतितोला ३ सयले बढेर दुई लाख ५३ हजार ५०० रुपैयाँ पुगेको छ । जुन आइतबारको मूल्य दुई लाख ५३ हजार २०० रुपैयाँभन्दा थोरै बढी हो।
उता, चाँदीको मूल्यमा ५ रुपैयाँँको सानो वृद्धि हुँदै आज प्रतितोला तीन हजार २८० रुपैयाँमा कारोबार भइरहेको छ।













