जीएसआई प्रस्तावमा प्रधानमन्त्रीको धारणा स्पष्ट गर्न सांसदहरूको माग


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जीएसआई) प्रस्तावमा समर्थन दिएको बारे संसदमा प्रश्न उठेको छ । प्रतिनिधि सभाको आजको बैठका सत्ता र प्रतपिक्ष दलका नेताहरुले जीएसआई प्रस्तावमा नेपालको समर्थनवारे प्रधानमन्त्रीको धारणा माग गरे ।
जीएसआई प्रस्तावमा नेपाल सहमत भएको भन्ने विषय चीनले विज्ञप्तिमा उल्लेख गरेको छ । नेपाल कुनै पनि सैन्य रणनीतिको पक्षमा उभिन नसक्ने भन्दै सांसदहरुले जीएसआईका सन्दर्भमा प्रधानमन्त्रीको सचिवलाय र परराष्ट्र मन्त्रालयले समयमै स्पष्ट गर्नुपर्नेमा जोड दिए ।
यस्तै चीन भ्रमणका क्रममा लिपुलेकको विषय उठाएर कूटनीतिक पहल गरे पनि चीनको विदेश मन्त्रालयको प्रेस नोटमा कुनै उल्लेख नै नभएको जिकिर गर्दै सांसदहरुले दुवै छिमेकी मुलुकले नेपालको सार्वभौमिकता र अखण्डताको सम्मान गर्दै समयमा समाधान गर्नुपर्ने धारणा राखेका थिए ।