नेपाल सम्वत् ११४६ आज देखि आरम्भ, देशभर उत्साहका साथ मनाइँदै

User Image Prime TV News ४ हप्ता अगाडि
Image of नेपाल सम्वत् ११४६ आज देखि आरम्भ, देशभर उत्साहका साथ मनाइँदै

काठमाडौ । मौलिक नेपाली पात्रो नेपाल सम्वत् आज देशभर सांस्कृतिक र धार्मिक कार्यक्रम गरी उत्साहका साथ मनाइँदैछ। नेवार समुदायले यस सम्वत्लाई नयाँ वर्षका रूपमा परम्परागत विधि र धुमधामका साथ मनाउने गर्छन्।

काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे र दोलखा भीमेश्वरलगायत क्षेत्रमा विशेष उत्सव आयोजना गरिएको छ। नेवार समुदायले आज पुराना बही खाता बन्द गरी भोलिदेखि नयाँ बहीखाताको सुरुआत गर्ने चलन पनि पुरानो परम्पराको रूपमा निरन्तर रहँदै आएको छ।

इतिहासविद्हरूका अनुसार नेपाल सम्वत्को सुरुवात विसं ९३७ (. सं. ८८०) मा राष्ट्रिय विभूति शंखधर साख्वाले गरिब जनताको ऋणमोचन गरी गरेका थिए।

नेपाल सम्वत् पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय सम्वत्को रूपमा चलिआएको भए पनि विसं २००७ मा प्रजातन्त्रको पुनःस्थापनापछि मात्र यसलाई राष्ट्रिय मान्यता दिलाउन अभियान तीव्र भएको थियो।

गरिब जनताको ऋणमोचन गरी सामाजिक समानताको उदाहरण प्रस्तुत गर्ने शंखधर साख्वाको योगदानको कदरस्वरूप विसं २०५६ सालमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले उनलाई राष्ट्रिय विभूति घोषणा गरेका थिए।

त्यसपछि विसं २०६५ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल सम्वत्लाई राष्ट्रिय मान्यता दिने घोषणा गरेका थिए।