एट्लेटिकोमाथि आर्सनलको शानदार जित, च्याम्पियन्स लिगमा अपराजित यात्रा जारी
Prime TV News १० महिना अगाडि 
काठमाडौ । आर्सनलले च्याम्पियन्स लिगमा आफ्नो विजयी यात्रा कायम राख्दै एट्लेटिको माड्रिडमाथि ४-० को प्रभावशाली जित दर्ता गरेको छ। एमिरेट्स स्टेडियममा घरेलु समर्थकको जोशिलो उपस्थितिमा आर्सनलले सुरुदेखि अन्त्यसम्म खेलको पूर्ण नियन्त्रण राख्यो।
पहिलो हाफमै ग्याब्रिएल म्यागालेस र ग्याब्रिएल मार्टिनेलीले गोल गर्दै आर्सनललाई २-० को अग्रता दिलाए। म्यागालेसले हेडमार्फत पहिलो गोल गरेका थिए भने मार्टिनेलीले उत्कृष्ट फिनिसिङ गर्दै दोस्रो गोल थपे।
दोस्रो हाफमा नयाँ अनुबन्धित स्ट्राइकर विक्टर जियोकेरेस चम्किए। उनले लगातार तीन मिनेटभित्र दुई गोल गर्दै एट्लेटिकोको आशा पूर्ण रूपमा समाप्त गरे। जियोकेरेसको ती दुबै गोल उत्कृष्ट संयोजन र सटीक पासिङको परिणाम थिए।
खेलको अन्त्यमा आर्सनलले सहज ४-० को जितसँगै समूह चरणमा आफ्नो अपराजित यात्रा कायम राख्यो। यो जितपछि आर्सनल अंक तालिकाको तेस्रो स्थानमा पुगेको छ। समान अंक भए पनि गोल अन्तरका कारण पेरिस सेन्ट–जर्मेन (पीएसजी) र इन्टर मिलानभन्दा पछि रहेको छ।







