ट्रम्प र पुटिनबीच निकट भविष्यमा हुने भनिएको बैठक स्थगित

User Image Prime TV News १० महिना अगाडि
Image of ट्रम्प र पुटिनबीच निकट भविष्यमा हुने भनिएको बैठक स्थगित

काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच निकट भविष्यमा हुने भनिएको बैठक स्थगित भएको छ।

ट्रम्पले केही दिनअघि दुई हप्ताभित्र भेट हुने बताएका थिए, तर ह्वाइट हाउसका एक अधिकारीका अनुसार हालका लागि यस्तो शिखर बैठकको कुनै योजना छैन।

ट्रम्पले पत्रकारहरूसँग कुरा गर्दै भने, 'म चाहन्न यो बैठक समयको बर्बादी होस्,' भन्दै अब यो बैठक तुरुन्तै हुने सम्भावना न्यून रहेको संकेत दिएका हुन्।

यसअघि अमेरिकी विदेशमन्त्री मार्को रुबियो र रुसी विदेशमन्त्री सर्गेइ लावरोभबीच भएको फोनवार्तालाई अमेरिकी पक्षले ‘उत्पादक’ भनेको भए पनि रुसको धारणा विशेष परिवर्तन नभएकाले बैठक अघि बढाउन सिफारिस नगर्ने संकेत गरिएको छ।

यसबीच वाशिङ्टनले ट्रम्पले युक्रेनमा शान्ति स्थापनाका लागि निरन्तर प्रयासरत रहेको बताएको छ। तर कूटनीतिक स्रोतहरूले लावरोभलाई पुटिनको आदेश मात्र पालना गर्ने व्यक्ति भन्दै वास्तविक वार्ता पुटिनसँगै गर्नुपर्ने बताएका छन्।

बुडापेस्टमा आयोजना गर्ने भनिएको सम्भावित शिखर बैठक अब अनिश्चित बनेको छ।