आज गोवर्द्धन पूजा मनाइँदै

User Image Prime TV News १० महिना अगाडि
Image of आज गोवर्द्धन पूजा मनाइँदै

काठमाडौ । कार्तिक शुक्ल प्रतिपदा तथा यमपञ्चकको चौथो दिन आज देशभर हलि तिहार र गोवर्द्धन पूजा धुमधामका साथ मनाइँदैछ।

वर्षभर खेत जोतेर मानव जीवनलाई सहज बनाउने गोरु र किसानप्रति सम्मान प्रकट गर्ने यो पर्वलाईहलि तिहारपनि भनिन्छ। आजको दिन विशेष गरी कृषकहरूले आफ्ना गोरुहरूलाई पूजा गरी मीठा खानेकुरा खान दिन्छन्।

गोरुलाई महादेवको वाहनका रूपमा पनि पूजा गर्ने परम्परा छ। त्यस्तै, खेत जोत्ने हलि तथा कृषि कर्ममा संलग्न किसानहरूलाई पनि आज पूजा गरी मिष्ठान्न परिकार खुवाउने चलन छ। यसरी आजको दिन श्रम, पशु र कृषिप्रति कृतज्ञता व्यक्त गर्ने दिनका रूपमा मनाइन्छ।

आजै गोवर्द्धन पूजाको पनि विशेष महत्व छ। यस दिन घरआँगन लिपपोत गरी गाईको गोबरले सानो पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गरिन्छ।