जेनजी आन्दोलनपछि पहिलोपटक बालकोट पुगे एमाले अध्यक्ष ओली( फोटो फिचर)
Prime TV News १० महिना अगाडि 
काठमाडौ । जेनजी आन्दोलनका क्रममा जलेको आफ्नै घर हेर्न नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बुधबार पहिलोपटक बालकोट पुगेका छन्।
भदौ २४ गतेको आन्दोलनका बेला प्रदर्शनकारीहरूले ओलीको निवासमा आगजनी गरेका थिए। त्यसपछि ओली गुण्डुस्थित भाडाको घरमा बस्दै आएका छन्।
ओलीसँगै एमालेका नेताहरू भानुभक्त ढकाल, विशाल भट्टराई र महेश बस्नेत पनि बालकोट पुगेका थिए। उनीहरूले जलेको घरको अवशेष र आसपासको क्षेत्रको अवस्थाबारे स्थलगत अवलोकन गरेका थिए।
भवनका धेरै भाग जलेर ध्वस्त भएका छन् भने केही संरचना ढलानले अस्थायी रूपमा ढाकिएको अवस्थामा छन्।












