राष्ट्रपतिले गरे शीतल निवासमा गाई पूजा
Prime TV News १० महिना अगाडि 
काठमाडौ । गाई तिहारको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसँगै शीतल निवासमा गाई पूजा गरेका छन्।
कात्तिक कृष्णऔँसी अर्थात् गाई तिहारको दिन धन र समृद्धिकी देवी लक्ष्मीको प्रतीकका रूपमा गाईको पूजा गर्ने परम्परा रहेको छ। राष्ट्रपति पौडेलले विधिपूर्वक पूजा गरी गाईलाई खानेकुरा अर्पण गरेका थिए।
राष्ट्रपतिको सचिवालयका अनुसार पूजापछि राष्ट्रपति दम्पतीले शुभकामना आदानप्रदान गर्दै गाई तिहारको सांस्कृतिक र धार्मिक महत्वबारे चर्चा गरेका थिए।
गाई तिहारलाई देशभर श्रद्धा र उल्लासका साथ मनाइँदै छ। घरघरमा गाईको पूजा गरी धन, समृद्धि र शुभताको कामना गर्ने परम्परा हजारौँ वर्षदेखि निरन्तर जारी छ।









