गृहमन्त्री ओमप्रकाश आर्यालले व्यक्तिगत दुश्मनी देखाए: अध्यक्ष ओली
Prime TV News १० महिना अगाडि 
काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री ओमप्रकाश आर्यालले आफुमाथि व्यक्तिगत दुश्मनी देखाएको आरोप लगाएका छन् ।
बालकोटस्थित आफ्नो जलेको घर अवलोकनका क्रममा ओलीले आर्याल र सरकारमाथि तीव्र प्रहार गर्दै आफूलाई लक्षित राजनीतिक अभियान सञ्चालन भइरहेको बताएका हुन्।
ओलीले भने, “गृहमन्त्रीको व्यवहार र बोलीबाट स्पष्ट देखिन्छ । उहाँलाई तोडफोड गर्नेहरूप्रति माया छ, तर क्षति बेहोर्नेहरू प्रति घृणा।” उनले सरकारमाथि थप षड्यन्त्रको आशंका पनि व्यक्त गरे।
“सरकारले जेनजी आन्दोलनका नाममा नयाँ दमनको तयारी गरिरहेको छ,” ओलीले जोडे, “माथि थप कारबाहीका नाटक र गिरफ्तारीका प्रयास हुनसक्छन्।”







