देशका उच्च पहाडी भूभागमा वर्षा र हिमपातको संकेत

User Image Prime TV News १० महिना अगाडि
Image of देशका उच्च पहाडी भूभागमा वर्षा र हिमपातको संकेत

काठमाडौ । देशका विभिन्न उच्च पहाडी र हिमाली भूभागमा आज हल्का वर्षा र हिमपातको सम्भावना देखिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल पश्चिमी वायुको आंशिक प्रभाव जारी रहेकाले मौसममा केही परिवर्तन देखिने सम्भावना छ।

दिउँसो सातै प्रदेशका पहाडी क्षेत्रहरूमा आंशिक बदली रहने विभागले जनाएको छ। बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ। कोसी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने विभागको अनुमान छ।

राति पनि अधिकांश पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने तराईका अधिकांश स्थानमा आकाश सफा रहने सम्भावना छ।विभागका अनुसार हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव जारी रहेको छ, जसको असर क्रमशः अन्य प्रदेशमा पनि फैलिन सक्ने बताइएको छ।

मौसमविद्हरूले उच्च पहाडी क्षेत्रमा यात्रा वा कृषि कार्य गर्दा सतर्कता अपनाउन सुझाव दिएका छन्।