शंकर पोख्रेलको आह्वान : सामाजिक सञ्जाल बन्द भएपछि परम्परागत मूल्यहरूको पुनःस्थापना गर्ने प्रयास गरौं
Prime TV News १० महिना अगाडि 
काठमाडौ । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले सरकारको निर्णय अनुसार सामाजिक सञ्जालहरू बन्द भएर नखुल्दासम्म हाम्रो सामाजिक परम्पराहरूको पुनर्स्थापना गर्न आह्वान गरेका छन्। पोख्रेलले फेसबुकमा लेख्दै सामाजिक मूल्य र परम्परालाई पुनर्जीवित गर्ने अवसरको रुपमा ब्याख्या गरेका छन् ।
सरकारले सामाजिक सञ्जालहरूको सूचीकरण प्रक्रिया पूरा नगरेका सञ्जालहरूलाई आजदेखि क्रमशः निष्क्रिय पार्ने निर्णय गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सूचना अधिकारी रवीन्द्रप्रसाद पौडेलले सामाजिक सञ्जालहरूलाई सूचीकरण प्रक्रियामा नआइहालेमा निष्क्रिय पार्ने तयारी गरिएको जानकारी दिएका छन्।
यो निर्णय, जुन बुधबार मध्यरातिबाट लागू हुने भनिएको छ, अनुसार सरकारले फेसबुक, युट्युबजस्ता प्रमुख सामाजिक सञ्जालहरूलाई ९ भदौदेखि एक हप्ता भित्र सूचीकरणमा आउन आह्वान गरेको थियो। अब, यो समयसीमा सकिएको छ, र सरकारले निष्क्रियता कदम चाल्नको लागि तयार भएको जनाएको छ।







