सरकार निर्वाचन टार्ने खेलमा लागे जनदबाब मार्फत रोक्ने प्रभु साहको चेतावनी

User Image Prime TV News १० महिना अगाडि
Image of सरकार निर्वाचन टार्ने खेलमा लागे जनदबाब मार्फत रोक्ने प्रभु साहको चेतावनी

काठमाडौ । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले वर्तमान सरकारलाई तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न आग्रह गर्दै आयु लम्ब्याउने राजनीतिक खेलमा नलाग्न चेतावनी दिएका छन्।

दीपावली र छठ पर्वको अवसरमा रौतहटको गुजरा नगरपालिका३ बलुवामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै साहले जेनजी आन्दोलनको बलमा बनेको सुशीला कार्की नेतृत्वको सरकारले जनआन्दोलनका मागहरू कार्यान्वयन गर्न ध्यान दिनुपर्ने बताए।

उनले भने, “जेनजी आन्दोलन केवल सरकार परिवर्तनका लागि थिएन, यो प्रणाली सुधार र भ्रष्टाचारविरुद्धको आवाज थियो। सरकार त्यो भावना बुझ्न असफल भयो भने आन्दोलनको सार हराउनेछ।

साहले मन्त्रिपरिषद्मा जेनजी आन्दोलनका सहिद परिवारका सदस्य वा आन्दोलनमा प्रत्यक्ष सहभागी युवाहरूलाई समावेश गर्न आग्रह गरे।

साहले देशमा स्थायित्व र पारदर्शिता कायम राख्न लोकतान्त्रिक अभ्यासको सम्मान गर्नुपर्ने र समयमै निर्वाचन सम्पन्न हुनु नै त्यसको पहिलो शर्त भएको बताए।