राष्ट्रपति पौडेलले शुभसाइतमा भाइटीका ग्रहण गर्दै दिदीबहिनीलाई धन्यवाद ज्ञापन
Prime TV News १० महिना अगाडि 
काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको भाइटीकाको अवसरमा आफ्नी बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट शुभसाइतमा टीका ग्रहण गरेका छन्।
राष्ट्रपति भवन शीतलनिवासमा आज बिहान ११ बजेर ३९ मिनेटमा टीका लगाइएको हो। नेपाल पञ्चाङ्ग निर्णायक समितिले यही समयलाई यो वर्षको भाइटीकाको उत्तम साइतका रूपमा निर्धारण गरेको थियो।
टीका लगाइसकेपछि राष्ट्रपति पौडेलले दिदीबहिनीहरू शारदा र चन्दालाई धन्यवाद ज्ञापन गर्दै तिहारले ल्याउने आपसी माया, सद्भाव र पारिवारिक एकतालाई सुदृढ बनाउन सबै नेपाली दिदीबहिनी र दाजुभाइबीच हार्दिक शुभकामना आदानप्रदान गर्न आह्वान गरेका छन्।







