रुसी सम्पत्तिबाट युक्रेनलाई सहयोग गर्ने योजना डिसेम्बरसम्म रोकियो

User Image Prime TV News १० महिना अगाडि
Image of रुसी सम्पत्तिबाट युक्रेनलाई सहयोग गर्ने योजना डिसेम्बरसम्म रोकियो

काठमाडौ । युरोपेली संघले युक्रेनको रक्षा खर्चका लागि रोकिएका रुसी सम्पत्ति प्रयोग गर्ने  निर्णय डिसेम्बरसम्म स्थगित गरेको छ । ब्रुसेल्समा सम्पन्न ईयुको शिखर सम्मेलनबाट यस्तो निर्णय गरिएको बीबीसीले जनाएको छ ।

ईयुका नेताहरूले आगामी दुई वर्षका लागि युक्रेनको ’आर्थिक आवश्यकताहरु’ पूरा गर्न सहयोग गर्ने सहमति भने जनाएका छन्। १४० अर्ब युरो बराबरका रुसी सम्पत्ति बेल्जियमस्थित क्लियरिङ्ग हाउसमा रोकिएका छन्।

ती सम्पत्तिलाई क्षतिपूर्ति ऋणका रूपमा प्रयोग गर्ने प्रस्ताव उठाइएको थियो, तर कानुनी जटिलता र बेल्जियमको आपत्तिका कारण तत्काल निर्णय हुन सकेन । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले  यो निर्णयलाई ’राजनीतिक समर्थनको सन्देश’ का रूपमा स्वागत गरेका छन् ।

युरोपेली संघको यस कदमको विरोध गर्दै चीनले यसले ’चीन–युरोप आर्थिक सम्बन्धलाई गम्भीर रूपमा क्षति पुर्याएको आरोप लगाएको छ । अब आगामी डिसेम्बरमा हुने बैठकमा युरोपेली नेताहरूले रोकिएका रुसी सम्पत्ति प्रयोग गर्ने प्रस्तावमा अन्तिम निर्णय लिने अपेक्षा गरिएको छ ।