शहीदको रगत खेर नजाओस भन्दै जेनजी युनाइटेडको माइतीघरमा प्रदर्शन

User Image Prime TV News १० महिना अगाडि
Image of शहीदको रगत खेर नजाओस भन्दै जेनजी युनाइटेडको माइतीघरमा प्रदर्शन

काठमाडौ । “शहीदको रगत खेर नजाओस्” भन्ने नारासहित जेनजी युनाइटेड नामक युवाहरूको समूहले शुक्रबार माइतीघर मण्डलामा प्रदर्शन गरेको छ। परिवर्तनको माग र शहीदको बलिदानको सम्मान गर्दै युवाहरूले देशमा सकारात्मक रूपान्तरणको माग गरेका हुन्।

प्रदर्शनमा सहभागी युवाहरूले राष्ट्रिय झण्डा बोकेर विभिन्न नाराबाजी गरेका थिए। उनीहरूले “हामी परिवर्तनका लागि उठेका हौँ”, “शहीदको सपना पूरा गर” र “देश हाम्रो, भविष्य हाम्रो” जस्ता नारासहित सरकार र नेतृत्व वर्गप्रति असन्तुष्टि व्यक्त गरे।

जेनजी युनाइटेडका सदस्यहरूले भनेका छन्– “हामी कुनै दलको पक्षमा होइनौँ, देशको पक्षमा हौँ। पुराना प्रणाली र सोच बदलिएन भने शहीदको बलिदान व्यर्थ हुनेछ।”

हालैका दिनमा यो समूहले निरन्तर माइतीघर मण्डलामा प्रदर्शन गर्दै आएको छ। उनीहरूको भनाइमा, यो आन्दोलन राजनीतिक लाभका लागि नभई जागरण र दबाब सिर्जना गर्न हो, जसले युवा पुस्तालाई राष्ट्रनिर्माणमा अग्रसर गराउने उद्देश्य राखेको छ।

प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न भएको थियो भने सुरक्षाकर्मीहरू तैनाथ रहेका थिए।