रुकुमपश्चिममा जिप दुर्घटना, ७ जनाको मृत्यु

User Image Prime TV News ४ हप्ता अगाडि
Image of रुकुमपश्चिममा जिप दुर्घटना, ७ जनाको मृत्यु

काठमाडौ । जिल्लाको बाँफिकोट गाउँपालिका र आठबिसकोट नगरपालिकाको सिमानास्थित झारमारेमा शुक्रबार साँझ भएको जिप दुर्घटनामा कम्तीमा ७ जनाको ज्यान गएको छ। मृतकमध्ये ६ जनाको पहिचान खुलिसकेको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ।

रा १ ज ४२२ नम्बरको जिप मुसिकोटबाट आठबिसकोट नगरपालिका३ स्यालाखदीतर्फ जाँदै गर्दा सडकबाट करिब ७ सय मिटर तल खसेको थियो। दुर्घटनामा गम्भीर घाइते भएका १० जनाको उद्धार गरी उपचारका लागि पठाइएको छ।

मृतकहरूमा आठबिसकोट नगरपालिका२ स्यालाकी ३० वर्षीया कमला ओली, १६ वर्षीय टेकजंग बुढा, १५ वर्षीय दिलमाया बुढा, १७ वर्षीय मनिका ओली, १८ वर्षीय शर्मिला विक र २२ वर्षीय गोपाल ओली रहेको प्रहरीले पुष्टि गरेको छ।

दुर्घटनाको कारण खुलेको छैन। तर, प्रारम्भिक अनुसन्धानमा सडक साँघुरो र जिपमा अत्यधिक यात्रु चढाइएका कारण नियन्त्रण गुमेको हुन सक्ने अनुमान गरिएको छ।

घटनास्थलमा स्थानीयबासी र प्रहरी टोलीले रातिदेखि नै उद्धारकार्य सञ्चालन गरेका थिए। शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको छ।