बिमल कौशलको गीत ‘लाजको पर्दा’ लाई एक महिनामा ११ लाख भ्यूज

User Image Prime TV News एक बर्ष अगाडि
Image of बिमल कौशलको गीत ‘लाजको पर्दा’ लाई एक महिनामा ११ लाख भ्यूज

काठमाडौं । गीतकार बिमल कौशलको ‘लाजको पर्दा’ बोलको गीतलाई एक महिनामा ११ लाख भ्यूज प्राप्त भएको छ । गीतको भिडिओ आएको एक महिना भएको छ। यो समाचार तयार पार्दासम्म गीतलाई ११ लाख ३० हजार ४ सय ७२ भ्यूज प्राप्त भएको छ ।

खेम सेञ्चुरी र सुनितामी परियारको स्वर रहेको गीतको भिडिओमा चर्चित अभिनेता पल शाह र मोडेल जुना विश्वकर्माको अभिनय रहेको छ । गीतमा संगित भने हाकिम सुनारले भरेका हुन् । सुनितामी परियार नामक युट्युब च्यानलबाट रिलिज गरिएको गीतको भिडिओलाई विक्रम चौहानले निर्देशन गरेका हुन् । भिडिओ भने करण चैसिर एण्ड टिमले खिचेको हो ।

Ahttps://youtu.be/YyT3XUiA-fA