ट्रम्पले रुस–युक्रेन युद्ध अन्त्य गर्न चीनसँग प्रत्यक्ष सहयोग मागे

User Image Prime TV News १० महिना अगाडि
Image of ट्रम्पले रुस–युक्रेन युद्ध अन्त्य गर्न चीनसँग प्रत्यक्ष सहयोग मागे

काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसयुक्रेन युद्ध अन्त्य गर्न चीनसँग प्रत्यक्ष सहयोग मागेका छन्। उनले युक्रेन शान्ति प्रक्रियामा चीनको भूमिकालाई निर्णायक ठहर गर्दै बीजिङसँग सहकार्य गर्न तयार रहेको बताएका छन्।

एसिया भ्रमणका क्रममा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, “म चाहन्छु चीनले हामीलाई युक्रेनमा शान्ति ल्याउन सहयोग गरोस्। विश्व शान्तिका लागि अब सबै जिम्मेवार राष्ट्रहरूले कदम चाल्नुपर्ने बेला आएको छ।

ट्रम्प हाल दक्षिण कोरियामा छन्, जहाँ उनले निकट भविष्यमा चीनका राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। उक्त भेटलाई अन्तर्राष्ट्रिय कूटनीतिमा नयाँ मोडको रूपमा हेरिएको छ।

चीन हाल रुसको सबैभन्दा निकट सहयोगी देश हो। युक्रेनमाथि आक्रमणपछि रुसमाथि पश्चिमी मुलुकहरूले लगाएका प्रतिबन्धका बीच पनि बीजिङले रुससँगको व्यापारिक र कूटनीतिक सम्बन्ध तोडेको छैन। यही कारण चीनलाई ट्रम्पले सम्भावितशान्ति मध्यस्थको रूपमा देखिरहेका छन्।

यसैबीच, अमेरिकाले युक्रेनलाई टमहक क्रुज मिसाइल उपलब्ध गराउने प्रस्ताव अस्वीकार गरेको छ, भने युरोपेली संघले रुसको रोक्का सम्पत्तिबाट सहयोग कोष निकालन अझै निर्णय गरेको छैन।