प्रधानमन्त्री कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्दै, चार नयाँ मन्त्री नियुक्त हुदै

User Image Prime TV News १० महिना अगाडि
Image of प्रधानमन्त्री कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्दै, चार नयाँ मन्त्री नियुक्त हुदै

काठमाडौ । प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्दै चार नयाँ मन्त्री नियुक्त गरेकी छन्। बालुवाटार स्रोतका अनुसार मन्त्रीहरूको नाम टुंगो लागेपछि आजै शपथ ग्रहणको तयारी गरिएको छ।

नयाँ मन्त्रीहरूमा डा. सुधा गौतमलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी दिइने भएको छ। त्यसैगरी खगेन्द्र सुनार श्रम तथा रोजगार मन्त्री, गणपतिलाल श्रेष्ठ पर्यटन मन्त्री र बब्लु गुप्ता युवा तथा खेलकुद मन्त्री बन्ने पक्का भएको बताइएको छ ।