सहकारी सम्बन्धी ऐन, कार्यान्वयन गर्न सरकार प्रतिवद्ध : मन्त्री अधिकारी


काठमाडौ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी सम्बन्धी ऐनलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् ।
नेपाल सहकारी पत्रकार समाजले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री अधिकारीले सहकारी क्षेत्रलाई मर्यादित तथा व्यवस्थीत बनाउन सहकारी सम्बन्धी ऐनलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका हुन् ।
सहकारीका क्षेत्रमा एक वर्षभित्र धेरै कानूनहरु बनाउन सफल भएको भन्दै मन्त्री अधिकारीले त्यसलाई कार्यान्वयन गर्न सरकार प्रतिवद्ध रहेको बताए । सहकारी क्षेत्रको सुधारका लागि ऐनलाई टेकेर आवश्यक नियम, कार्यविधि बनाउनुपर्ने भन्दै उनले कार्यविधि बनाउदा विज्ञ, कानूनविद् सबैलाई राखेर आवश्यक सुधार गर्न सकिन उल्लेख गरे ।
सहकारीका बेतिथि देखिएका नियमनका लागि केहि बाध्यात्मक व्यवस्था गरिएको भन्दै सहज रुपमा आएपछि नियमनका प्रावधानलाई क्रमश खुल्ला गर्न सकिने मन्त्री अधिकारीको भनाई थियो ।