स्पेनिस फुटबलको सबैभन्दा ठूलो भिडन्त आज: एमबाप्पे र यामालको प्रतिद्वन्द्विता रोमाञ्चक हुने अपेक्षा

User Image Prime TV News १० महिना अगाडि
Image of स्पेनिस फुटबलको सबैभन्दा ठूलो भिडन्त आज: एमबाप्पे र यामालको प्रतिद्वन्द्विता रोमाञ्चक हुने अपेक्षा

काठमाडौ । स्पेनिस फुटबलको सबैभन्दा चर्चित प्रतिस्पर्धा ‘एल क्लासिको’ आज राति हुने भएको छ। रियल मड्रिड र बार्सिलोना स्टार खेलाडीले सुसज्जित टोलीसहित सान्टियागो बेर्नाबेउमा आमनेसामने हुँदैछन्।

यसपटकको मुख्य आकर्षणका रूपमा रियल मड्रिडका फ्रेन्च स्ट्राइकर किलियन एमबाप्पे र बार्सिलोना युवा तारा लामिन यामाल रहेका छन्। फुटबल विशेषज्ञहरूले यो भिडन्तलाई क्रिस्टियानो रोनाल्डो–लियोनल मेस्सीको ऐतिहासिक प्रतिद्वन्द्वितासँग तुलना गर्दै खेल रोमाञ्चक हुने बताएका छन्।

ला लिगाको शीर्ष स्थानको लागि हुने यो खेलमा दुवै टोलीले जितको दाबेदारी राखेका छन्। नेपालमा खेल आज राति ९ बजेपछि हेर्न सकिने छ। विश्लेषकहरूले एमबाप्पे र यामालले खेलको परिणाममा निर्णायक भूमिका खेल्ने सम्भावना रहेको बताएका छन्।