राष्ट्रिय मानव अधिकार आयोगद्वारा नागरिक प्रदर्शनलाई शान्तिपूर्ण बनाउने आह्वान

User Image Prime TV News १० महिना अगाडि
Image of राष्ट्रिय मानव अधिकार आयोगद्वारा नागरिक प्रदर्शनलाई शान्तिपूर्ण बनाउने आह्वान

काठमाडौ । राष्ट्रिय मानव अधिकार आयोगले नागरिकलाई आफ्नो मागहरू शान्तिपूर्ण रूपमा राख्ने अधिकारको सम्मान गर्न र सुरक्षा निकाय तथा प्रदर्शनकर्ताहरू दुवैलाई जिम्मेवार बन्न आह्वान गरेको छ। आयोगले विगतका केही प्रदर्शनहरू हिंसात्मक तथा ध्वंसात्मक बनेको तथ्यलाई ध्यानमा राख्दै, आगामी दिनमा हिंसा नहोस् भनेर सचेत रहन सबै पक्षलाई आग्रह गरेको छ।

आयोगका अनुसार प्रदर्शनमा घुसपैठ हुन नदिन सरकार र प्रदर्शनकर्ताहरू दुवैको जिम्मेवारी छ। सुरक्षा निकायले संयमता, धैर्यता र विवेकपूर्ण व्यवहार देखाउनु पर्छ भने प्रदर्शनकर्ताले उत्तेजनात्मक व्यवहार र घृणायुक्त अभिव्यक्ति नगर्ने कर्तव्य पूरा गर्नुपर्छ।

आयोगले समस्या समाधान वार्ता र संवादबाट मात्र सम्भव हुनेमा जोड दिँदै, नागरिकले उठाएका मागहरू समयमै सम्बोधन गर्नुपर्ने बताए। विशेषगरी गत २३ र २४ भदौको आन्दोलनपश्चात उठेका मुद्दाहरूको छिटो समाधान गर्न आवश्यक रहेको आयोगले जनाएको छ।