गणपतिलाल श्रेष्ठको पनि शपथ रोकियो
Prime TV News १० महिना अगाडि 
काठमाडौ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रीका लागि सिफारिस भएका गणपतिलाल श्रेष्ठको शपथ आज नहुने भएको छ ।
भूमिसम्बन्धी मुद्दा विचाराधीन रहेको विषय बाहिरिएपछि प्रधानमन्त्री कार्यालयले उनको सिफारिस रोक्ने निर्णय गरेको हो।
यसअघि श्रम मन्त्रीमा सिफारिस भएका खगेन्द्र सुनारको पनि शपथ रोकिएको थियो। दुवै घटनाले सरकारको नयाँ मन्त्री नियुक्ति प्रक्रियामा अस्थिरता उत्पन्न भएको देखाएको छ।







