नवनियुक्त युवा तथा खेलकुदमन्त्रीले मातहतमा हुने सम्पूर्ण बैठकहरु प्रत्यक्ष प्रसारण गर्ने निर्णयमा हस्ताक्षर

User Image Prime TV News १० महिना अगाडि
Image of नवनियुक्त युवा तथा खेलकुदमन्त्रीले मातहतमा हुने सम्पूर्ण बैठकहरु प्रत्यक्ष प्रसारण गर्ने निर्णयमा हस्ताक्षर

काठमाडौ । नवनियुक्त युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पदभार ग्रहण गरेका छन् । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिएसँगै सिंहदरबारस्थीत मन्त्रालय पुगेर गुप्ताले पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण गर्दै मन्त्री गुप्ताले युवा तथा खेलकुद मन्त्रालय मातहत हुने सम्पूर्ण बैठकहरु प्रत्यक्ष प्रसारण गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् । त्यसलगतै सञ्चारकर्मीसंग कुरा गर्दै मन्त्री गुप्ताले आफुले मन्त्रालयका कर्मचारीसंग बसेर कार्ययोजना बनाएर काम गर्ने बताए । 

आफु कुरामा भन्दा काममा विश्वास गर्ने भएकाले अव योजनाबद्ध ढंगले मन्त्रालयलाई अघि बढाउने उनले बताए ।