नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु


काठमाडौ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज पार्टी मुख्यालय पेरिसडाँडामा सुरु भएको छ। बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमको समीक्षा, मध्यपहाडी लोकमार्गको अभियान सञ्चालन गर्ने विषय, अखिल नेपाल महिला संघ क्रान्तिकारीको नेतृत्व चयन, र नेताहरूको कार्यविभाजन लगायतका महत्वपूर्ण बिषयमा छलफल हुने बताईएको छ ।
यसै क्रममा, बैठकमा पार्टी उपमहासचिव जनार्दन शर्माका पछिल्ला अभिव्यक्तिबारे पनि छलफल हुने बताइएको छ। प्रचण्ड र शर्माबीचको पछिल्लो सार्वजनिक अन्तरसंघर्षका कारण यो विषय विशेष चासोको बिषय बनेको छ।