नेपाली कांग्रेस सभापति देउवा थप उपचारका लागि सिंगापुर प्रस्थान गर्ने तयारीमा

User Image Prime TV News १० महिना अगाडि
Image of नेपाली कांग्रेस सभापति देउवा थप उपचारका लागि सिंगापुर प्रस्थान गर्ने तयारीमा

काठमाडौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा थप उपचारका लागि सिंगापुर जान लागेका छन्।

भदौ २४ गते जेन-जी आन्दोलन का क्रममा प्रदर्शनकारीको आक्रमणबाट घाइते भएका देउवाको गर्दनमा १२ टाँका लगाइएको थियो। कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार, “उपचारका लागि उहाँ केही दिनभित्र सिंगापुर प्रस्थान गर्नुहुनेछ।”

घाइते भएपनि देउवाले पार्टी बैठकमा उपस्थित भई पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी हस्तान्तरण गरेका थिए।