स्वास्थ्य मन्त्री शर्माले जेनजी आन्दोलनका घाइतेको उपचारमा कुनै कमी नभएको दाबी

User Image Prime TV News १० महिना अगाडि
Image of स्वास्थ्य मन्त्री शर्माले जेनजी आन्दोलनका घाइतेको उपचारमा कुनै कमी नभएको दाबी

काठमाडौ । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमले जेन-जी आन्दोलनका घाइतेहरूको उपचारमा कुनै कमी नभएको जानकारी दिएकी छन्।

सोमबार टिचिङ अस्पताल पुगेर घाइतेहरूको स्वास्थ्य अवस्था अवलोकन गरेकी मन्त्री शर्माका अनुसार, अस्पतालमा उपचाररत तीन जना घाइतेमध्ये दुईको स्वास्थ्य सुधारोन्मुख छ भने एकजनाको हड्डी भाँचिएको र प्लास्टिक सर्जरी हुँदैछ।

घाइतेसँग भेटेपछि मन्त्री शर्माले स्वास्थ्य लाभको कामना गर्दै भनिन्, “यस्ता दृश्य देख्दा मलाई नरमाइलो लाग्यो। यो आन्दोलन व्यर्थ नजाओस् भन्ने मेरो चाहना छ।” उनले चिकित्सक र स्वास्थ्यकर्मीसँग उपचारको अवस्थाबारे जानकारी लिँदै मन्त्रालयबाट आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता पनि जनाइन्।