एल क्लासिको: रियल म्याड्रिडले बार्सिलोनालाई २-१ ले पराजित गर्यो
Prime TV News १० महिना अगाडि 
काठमाडौ । सिजनको पहिलो एल क्लासिकोमा रियल म्याड्रिडले बार्सिलोनालाई २-१ ले हराउँदै रोमाञ्चक जित हासिल गरेको छ। सान्टियागो बेर्नाबेउमा भएको खेलमा केलियन एमबाप्पेले २२औं मिनेटमा अग्रता दिलाए। ३९औं मिनेटमा बार्सिलोनाका फर्मिन लोपेजले बराबरी गोल गरे। तर ४३औं मिनेटमा जुड बेलिङ्घमको निर्णायक गोलले रियललाई विजयी बनायो।
खेलको दोस्रो हाफमा एमबाप्पेको पेनाल्टी रोकिए पनि रियलले जीत सुनिश्चित गर्यो। बार्सिलोनाले खेल अन्त्यसम्म १० खेलाडीमा संघर्ष गर्यो । इन्ज्युरी समयमा पिर्दीले दोहोरो पहेँलो कार्ड पाए। जितपछि रियल म्याड्रिड २७ अंकसहित शीर्ष स्थानमा छ। जबकि बार्सिलोनाले ५ अंकले पछि रह्यो।
अन्य खेलमा भिल्लारियल २-० ले भ्यालेन्सिया पराजित भयो भने मालोर्का र लेभान्ते १-१ को बराबरीमा रोकिए।







