किष्ट अस्पतालमा सुत्केरी मृत्युपछि तनाव, प्रदर्शनकारी र प्रहरीबीच झडप

User Image Prime TV News ३ हप्ता अगाडि
Image of किष्ट अस्पतालमा सुत्केरी मृत्युपछि तनाव, प्रदर्शनकारी र प्रहरीबीच झडप

काठमाडौ । इमाडोलस्थित किष्ट अस्पतालमा चिकित्सकको लापरबाहीका कारण सुत्केरी मिनाश्री राईको मृत्यु भएपछि तनाव सिर्जना भएको छ।

मृतकका आफन्तले अस्पतालमा प्रदर्शन गर्दै गेट तोड्ने प्रयास गर्दा प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रहार गरेको छ।

प्रदर्शनकारीले “किष्ट अस्पताल बन्द गर” र “मिनाश्री राईलाई न्याय दे” लेखिएका प्लेकार्ड बोकेर आक्रोश व्यक्त गरेका थिए। प्रदर्शनको क्रममा भिडले अस्पतालमा ढुंगामुढासमेत गरेको बताइएको छ।

सुरक्षा सुनिश्चित गर्न अस्पताल परिसरमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति राखिएको छ। मिनाश्री राईको मृत्यु शुक्रबार राति सुत्केरी गराउने क्रममा भएको थियो।