राष्ट्रपति पौडेल गुहेश्वरीमा छठ पूजामा उपस्थित
Prime TV News १० महिना अगाडि 
काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेल सोमबार गुहेश्वरी पुगेर छठी माता र सूर्यदेवको पूजा आराधना गरेका छन्।
उनले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्वको परम्परा निर्वाह गरेका हुन्। राष्ट्रपति पौडेलले प्रत्येक वर्ष गुहेश्वरी र कमलपोखरीमा पूजा गरेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिने परम्परा कायम गर्दै आएका छन्।
यस वर्ष भने उनी गुहेश्वरीमै उपस्थित रहे। काठमाडौं उपत्यकाका अन्य छठ घाटहरू पनि आज विशेष रूपमा सजाइएको छ र सर्वसाधारणको भीड रहेको छ । छठ पर्वको मुख्य दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ भने भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै पर्व समापन गरिन्छ।
सरकारले आजको दिन सार्वजनिक बिदाको घोषणा गरेको छ। ब्रतालुहरूले आज रातभर जाग्राम बसेर भोलि बिहान सूर्यको अर्घ्य दिने परम्परा पालना गर्नेछन्।







