एमालेको ११औँ महाधिवेशन तयारी, सचिवालय बैठक कात्तिक १५ गते बस्ने
Prime TV News १० महिना अगाडि काठमाडौ । नेकपा एमालेले आउँदो ११औँ राष्ट्रिय महाधिवेशनको तयारी तीव्र पारेको छ। यसै सन्दर्भमा पार्टीको केन्द्रीय सचिवालय बैठक कात्तिक १५ गतेका लागि बोलाइएको छ। बैठकले महाधिवेशन तयारीका प्रमुख विषयमा निर्णय गर्नेछ।
केन्द्रीय कार्यालयका अनुसार, बैठकले महाधिवेशन प्रतिनिधि छनोटको विधि, विभिन्न उपसमिति गठन, स्थानीय आयोजकसँगको समन्वय, महाधिवेशनको लोगो र नारासम्बन्धी प्रस्तावलगायतका एजेन्डामा छलफल गर्नेछ।
यसअघि बसेको केन्द्रीय कमिटी बैठकले मङ्सिर २७ देखि २९ गतेसम्म पोखरामा ११औँ महाधिवेशन गर्ने निर्णय गरेको थियो। त्यसअनुसार गण्डकी प्रदेश कमिटी, कास्की जिल्ला कमिटी, र पोखरा महानगर कमिटीले प्रारम्भिक तयारी सुरु गरिसकेका छन्।







