फेसबुकसहितका अन्य सामाजिक सञ्जालहरूलाई निष्क्रिय बनाउने सरकारको निर्णय
Prime TV News एक बर्ष अगाडि 
काठमाडौ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आजदेखि नेपालमा दर्ता गरिएको सूचीमा नपरेका फेसबुकसहितका अन्य सामाजिक सञ्जालहरूलाई निष्क्रिय बनाउने निर्णय गरेको छ। मन्त्रालयमा आज भएको बैठकमा मन्त्री पृथ्वीसुब्बा गुरुङ र अन्य उच्च पदस्थ अधिकारीहरूको उपस्थिति थियो, जसले उक्त निर्णय अनुमोदन गरेका हुन्।
२०८२ सालको भदौ ९ गतेको मन्त्रिपरिषद् बैठकमा नेपालमा सञ्चालन भइरहेको सबै सामाजिक सञ्जाललाई एक साताभित्र दर्ता गराउन निर्देशन दिइएको थियो। तर, निर्धारित समयसीमा समाप्त भइसकेपछि पनि दर्ता प्रक्रिया पूरा नगरेका कारण सरकारले यी सामाजिक सञ्जालहरूलाई बन्द गर्ने निर्णय गरेको हो।







