बक्यौता रकम नतिरेको भन्दै प्राधिकरणले २५ वटा उद्योगको लाइन काट्यो

User Image Prime TV News १० महिना अगाडि
Image of बक्यौता रकम नतिरेको भन्दै प्राधिकरणले  २५ वटा उद्योगको लाइन काट्यो

काठमाडौ । नेपाल विद्युत प्राधिकारणले बक्यौता रकम नतिरेको भन्दै ठूलला उद्योगको लाइन काटिरहेको छ । सोमबार रातिसम्म २५ वटा उद्योगको लाइन काटिएको प्राधिकरणले जनाएको छ । लाइन नकाट्दा ती उद्योगले २५० मेगावाट बिजुली खपत गर्दै आएका थिए ।

सरकारले लाइन काटेसँगै उद्योगहरुले पनि कामदारलाई बिदामा राखिसकेका छन् । २५ उद्योगले दैनिक २५० मेगावाट बिजुली खपत गरेबापत सरकारलाई ६ करोड रुपैयाँ सरकारलाई बुझाउँथे । अहिले यो घाटा भइरहेको छ । प्राधिकरणका प्रवक्ता राजन ढकालले बक्यौता रकम सरकारले तोकेको समयसीमासम्म बुझाउन नआएपछि उद्योगका लाइन काटिएको जानकारी दिए ।

नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक मुकेश काफ्ले अहिले प्राधिकरणले दैनिक ६ करोड आम्दानी गुमाइरहेको बताए । २५ उद्योगहरूको बिजुली काटिदा ४० हजारभन्दा बढीको रोजगारी जोखिममा छ भने राज्यको ठूलो राजस्व गुमेको छ ।

विद्युत् काटिएका २५ उद्योगले पाँच अर्ब ४८ करोड ४५ लाख रुपैयाँ बक्यौता तिर्न बाँकी रहेको प्राधिकरणको भनाइ छ । प्राधिकरणले बक्यौता तिर्न दिएको भाखा कात्तिक २ गते सकिएको थियो। कात्तिक ४ गतेदेखि सबैभन्दा बढी बक्यौता बाँकी रहेका उद्योगहरूबाट लाइन काट्न सुरू गरेको थियो ।

यो बक्यौता रकम २०७२ माघदेखि २०७५ वैशाखसम्मको अवधिमा डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग बापतको प्रिमियम महसुल अन्तर्गत पर्ने प्राधिकरणले जनाएको छ ।