नेप्से ६२ अंकले बढ्यो, कारोबारमा उच्च वृद्धि देखियो

User Image Prime TV News १० महिना अगाडि
Image of नेप्से ६२ अंकले बढ्यो, कारोबारमा उच्च वृद्धि देखियो

काठमाडौ । मंगलबार सेयर बजारमा सकारात्मक लहर देखिएको छ । नेप्से परिसूचक ६२.२९ अंकले बढ्दै २५७१ अंकमा पुगेको छ। कारोबार शुरुमा केही समयका लागि रातो देखिएको भए पनि १० मिनेटपछि बजार हरियो रह्यो।

आजको कारोबार रकम पनि उल्लेखनीय रुपमा बढेको छ। आइतबार २ अर्ब ७९ करोडको कारोबार भएकोमा मंगलबार ४ अर्ब ५७ करोड पुग्यो। २३६ कम्पनीको मूल्य बढ्दा १२ कम्पनीको घट्यो भने २ कम्पनीको मूल्य स्थिर रह्यो।

विकास बैंक समूह सबैभन्दा बढी ४.४७ प्रतिशतले बढेको छ। अन्य समूहमा बैंकिङ १.९२, फाइनान्स ३.१४, होटल तथा पर्यटन २.८०, हाइड्रोपावर ३.९०, लगानी ३.१९, जीवन बीमा ३.५५, उत्पादन तथा प्रशोधन ०.३७, माइक्रोफाइनान्स २.५९, निर्जीवन बीमा २.५४ र अन्य समूह १.९१ प्रतिशतले बढेका छन्।

आज न्यादी हाइड्रोपावर, बुटवल पावर र एक्सल डेभलपमेन्ट बैंकको मूल्य १० प्रतिशतले बढ्यो। राधि विद्युत ९.६०, लुम्बिनी विकास बैंक ९.३५, सिंगटी हाइड्रो इनर्जी ८.२१ र फस्र्ट माइक्रोफाइनान्स ८.१२ प्रतिशतले बढेका छन्।

बजारमा सबैभन्दा बढी मूल्य घट्ने कम्पनी हिमालयन पावर पार्टनर ६.३६ प्रतिशतले घट्यो। युनिलिभर ३.८८ र बोटलर्स नेपाल बालाजु ३.७७ प्रतिशतले घटेका छन्।

आज धेरै कारोबार भएका कम्पनीहरूमा हिमालयन पावर पार्टनर, युनियन हाइड्रोपावर, राधि विद्युत, बुटवल पावर र एनआरएन इन्फ्रास्ट्रक्चर रहेका छन्।