राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालको राजीनामा, राष्ट्रपति पौडेलद्वारा स्वीकृति
Prime TV News १० महिना अगाडि 
काठमाडौ । राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले मंगलबारदेखि लागू हुनेगरी राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा दिएका हुन्।
राष्ट्रपति कार्यालयले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ,“राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले संघीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी ऐन, २०७५ को दफा ६(क) बमोजिम मिति २०८२/०७/११ गतेदेखि लागू हुनेगरी स्वीकृत हुन आफ्नो पदबाट लिखित राजीनामा दिनु भएको छ।”
डा. अर्यालले करिब दुई वर्षअघि राष्ट्रियसभाका सचिवको रूपमा जिम्मेवारी सम्हालेका थिए। हाल राजीनामापछि राष्ट्रियसभाको सचिव पद रिक्त बनेको छ। नयाँ सचिवको नियुक्ति प्रक्रिया संघीय संसद् सचिवालयले अघि बढाउने छ।







