एमाले नेता पोखरेलले दिए गिरीबन्धुदेखि ओम्नीसम्म छानविन गर्न सरकारलाई चूनौति

User Image Prime TV News १० महिना अगाडि
Image of एमाले नेता पोखरेलले दिए  गिरीबन्धुदेखि ओम्नीसम्म छानविन गर्न सरकारलाई चूनौति

काठमाडौ । नेकपा एमालेका नेता कृष्णभक्त पोखरेलले भ्रष्टाचारको कुनै पनि मुद्दामा एमालेका नेताहरु जोडिएको भए छानविन गर्न सरकारलाई चूनौति दिएका छन् ।

उनले एमालेका नेताहरुमाथि लाग्ने गरेको आरोप गिरीबन्धुदेखि ओम्नीसम्म छानविन गर्न सरकारलाई चूनौति दिएका हुन् । पोखरेलले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारको टीओआर निर्वाचनमात्रै रहेको बताए ।

सबैभन्दा बढी पपुलर मत पाएका नेता केपी शर्मा ओलीलाई स्थान हद गरेर निष्पक्ष निर्वाचन हुन्छ भन्ने कुराको विश्वास गर्न नसकिने नेता पोखरेलको भनाई छ ।