निर्वाचन हुन्छ या हुँदैन भन्ने अनिश्चयको स्थिति कायमै छः नेता तामाङ

User Image Prime TV News १० महिना अगाडि
Image of निर्वाचन हुन्छ या हुँदैन भन्ने अनिश्चयको स्थिति कायमै छः नेता तामाङ

काठमाडौ । नेकपा माओवादी केन्द्रका नेता हितबहादुर तामाङले अहिले मुलुक विषम परिस्थितिबाट गुज्रिराखेको बताएका छन् ।

जेनजी आन्दोलन पनि अहिले मुलुक विषम परिस्थितिबाट गुज्रिराखेको भन्दै नेता तामाङले मिति तोकिएर बनेको अन्तरिम सरकारले निर्वाचन हुन्छ या हुँदैन भन्ने अनिश्चयको स्थिति कायमै रहेको बताए । जेनजी आन्दोलन छोटो समयमा भए पनि यसको उपलब्धी खासै नरहेको उनको भनाई थियो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली भएको ठाउँमा अहिले सुशीला कार्की प्रधानमन्त्री बनेर आउनेभन्दा अर्को उपलब्धी जेनजी आन्दोलनबाट लिन नसकिएको तर्क गरे ।