माओवादी केन्द्रले सरकारबिरुद्ध आन्दोलन गर्ने

User Image Prime TV News एक महिना अगाडि
Image of माओवादी केन्द्रले सरकारबिरुद्ध आन्दोलन गर्ने

काठमाडौ । नेकपा माओवादी केन्द्रले ठूला चाडपर्वपछि सरकारबिरुद्ध आन्दोलनको तयारी गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय पेरिसडाडामा बसेको माओवादी पदाधिकारी बैठकले भ्रष्टाचार बढ्दै गएको र सुशासन समेत कमजोर भएकाले चाडपर्वपछि सरकारबिरुद्ध आन्दोलनको तयारी गर्ने निर्णय गरेको हो ।

सडक संघर्ष गर्दा संविधानले उल्लेख गरेको लोकतान्त्रिक गणतन्त्रात्मक समाजवाद र त्यसको साथसाथै समाजवाद उन्मुख राज्य व्यवस्थाका स्वरुपहरू र त्यसका प्रष्ट दृष्टिकोणका बारेमा जनमत सिर्जना गर्दै माओवादीको बुझाई छ । 

त्यस्तै बैठकले भाद्र २१ गतेबाट पुन सुरु हुने पार्टीको मध्य पहाडी लोकमार्ग अभियानलाई उपलब्धिमूलक बनाउने निर्णय पनि माओवादीले गरेको छ ।  बैठकमा पार्टी अध्यक्ष प्रचण्डले नेकपा एकीकृत समाजवादी र नेकपाबीचको एकताका लागि भइरहेको छलफलका बारेमा जानकारी गराएका थिए ।