सरकार, राजनीतिक दल र जेनजी नेतृत्वबीच आज त्रिपक्षीय बैठक बस्दै

User Image Prime TV News ३ हप्ता अगाडि
Image of सरकार, राजनीतिक दल र जेनजी नेतृत्वबीच आज त्रिपक्षीय बैठक बस्दै

काठमाडौ । सरकार, राजनीतिक दलका प्रतिनिधि र जेनजी नेतृत्वबीच आज त्रिपक्षीय बैठक बस्दैछ।

प्रधानमन्त्री सुशीला कार्कीले पहिलो पटक राष्ट्रिय मान्यता प्राप्त दलका नेताहरू र जेनजी अगुवा युवा समूहलाई एकै ठाउँमा राखेर छलफल गर्न लागेकी हुन्।

प्रधानमन्त्रीको निवास बालुवाटारमा साँझ ४ बजे बैठक बोलाइएको प्रधानमन्त्री कार्कीको सचिवालयले जनाएको छ । बैठकमा आगामी निर्वाचनलाई सफल बनाउने र मुलुकमा अपेक्षित संरचनात्मक परिवर्तनलाई संस्थागत गर्ने विषयमा  छलफल हुने बताइएको छ ।

जेनजी तर्फबाट करिब ८९ समूहका प्रतिनिधिहरू सहभागी हुने छन् भने राजनीतिक दलहरूबाट दोस्रो तहका नेताहरू सहभागी हुनेछन्।