बुधबार सुन घट्यो, चाँदीको मूल्य बढ्यो
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । स्थानीय बजारमा बुधबार सुनको मूल्यमा घटावट आएको छ भने चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले घटेर २ लाख ३६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ३७ हजार रुपैयाँमा रहेको थियो।
त्यसैगरी, आज चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँले बढेर २ हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको छ। सुन र चाँदीको मूल्यमा आएको उतार-चढावले बजारमा उपभोक्ता र व्यवसायी दुवैको ध्यान तानिरहेको छ।













