पार्टी एकताको पक्षमा माधव नेपाल, शर्तहरू स्पष्ट बनाए (राजनीतिक प्रतिवेदन सहित)
Prime TV News १० महिना अगाडि 
काठमाडौ । नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठक बुधबारदेखि राजधानीको मिराकल भेन्युमा सुरु भएको छ। बैठकमा पार्टी अध्यक्ष माधव कुमार नेपालले आफ्नो राजनीतिक प्रतिवेदन पेश गरेका छन्। प्रतिवेदनमा अध्यक्ष नेपालले कम्युनिस्ट एकता आजको आवश्यकता भएको बताए। उनले भने, “समाजवादी क्रान्ति सम्पन्न गर्न बलियो क्रान्तिकारी शक्ति अनिवार्य छ र त्यसको निर्माण क्रान्तिकारी कम्युनिस्ट पार्टीहरूको एकताबाट मात्र सम्भव हुन्छ।”
तर अध्यक्ष नेपालले यो पनि स्पष्ट पारे कि स्पष्ट आधार नबनाइ पार्टी एकता सम्भव नभएको बताएका छन्छै । पार्टीको केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष नेपालले भने, समाजवादी क्रान्ति सम्पन्न गर्न बलियो क्रान्तिकारी शक्ति आवश्यक छ र त्यो शक्ति क्रान्तिकारी कम्युनिस्ट पार्टीहरूको एकताबाट मात्र निर्माण हुन सक्छ।
तर, उनले जोड दिए कि पार्टीको नाम, मार्गदर्शक सिद्धान्त, रणनीतिक लक्ष्य, क्रान्तिकारी कार्यक्रम, कार्यदिशा र कार्यनीति जस्ता आधारभूत विषयमा समानता नभए पार्टी एकता असम्भव रहेको उल्लेख गरेका छन् । साथै अध्यक्ष नेपालले समानता भएमा पार्टीहरु संग एकता गर्न ढिला गर्न नहुने उल्लेख गरेका छन् ।







