सरकारले राष्ट्रिय सभा सदस्य निर्वाचन मिति तोक्यो
Prime TV News १० महिना अगाडि 
काठमाडौ । सरकारले राष्ट्रिय सभा सदस्य निर्वाचन गर्ने मिति तोकेको छ। सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदिश खरेलले मन्त्रिपरिषद् बैठकपछि जानकारी दिँदै राष्ट्रिय सभा सदस्यको निर्वाचन यहि माघ ११ गते तोक्ने निर्णय भएको बताए।
२०७६ सालको निर्वाचनबाट निर्वाचित १९ सदस्यको कार्यकाल आगामी फागुनबाट सकिँदैछ। तीमध्ये एक जना वामदेव गौतम राष्ट्रपतिबाट मनोनीत सांसद हुन् भने बाँकी १८ पदका लागि निर्वाचन हुनेछ। राष्ट्रिय सभा सदस्य निर्वाचन ऐनअनुसार पद रिक्त हुनु भन्दा ३५ दिन अगावै निर्वाचन हुनुपर्ने कानूनी व्यवस्था छ।
यस अनुसार फागुन २० मा पदावधि सकिँदैछ, त्यसअघि निर्वाचन सम्पन्न गरिनुपर्नेछ।







