संसद्का पदाधिकारी र सांसदको स्वकीय सचिवालयमा दरबन्दी घटाउने सरकारको निर्णय

User Image Prime TV News १० महिना अगाडि
Image of संसद्का पदाधिकारी र सांसदको स्वकीय सचिवालयमा दरबन्दी घटाउने सरकारको निर्णय

काठमाडौ । सरकारले संघीय संसद्का पदाधिकारी र सदस्यहरूलाई तोकिएको स्वकीय सचिवालयका दरबन्दी घटाउने निर्णय गरेको छ। बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो।

बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदिश खरेलले संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७३ को अनुसूची–२ मा हेरफेर गर्ने निर्णय भएको जानकारी दिए। उनका अनुसार, सो ऐनमा संशोधन गरी सांसद तथा पदाधिकारीको स्वकीय सचिवालयमा तोकिएका दरबन्दी घटाइनेछ।

मन्त्री खरेलले भने, “संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ को अनुसूची–२ मा हेरफेर गर्ने निर्णय भएको छ। स्वकीय सचिवालयको दरबन्दी घटाउने निर्णय भएको हो।” सरकारको यो निर्णयलाई प्रशासनिक संरचना सरल बनाउने र सरकारी खर्चमा मितव्ययिता ल्याउने प्रयासका रूपमा हेरिएको छ।